आबकारी विभागले लाखौं रुपियाँको रम-रक्सी उद्धार गर्यो

सिलगढी: आबकारी विभागले लाखौँ रुपियाँको सिक्किमको अवैध रम-रक्सी उद्धार गरेको छ। सिक्किमको माझीटारबाट एउटा पिकअप भ्यानमा अवैध रूपमा सिक्किमको रम-रक्सी सिलगढी हुँदै मिरिकमा लगिरहेको आबकारी विभागका अधिकारीहरूले गोप्य सुइँको पाएपछि गत अबेर राति धर्बु चियाकमान इलाकामा अभियान चलाएर १५५ कार्टुन रम-रक्सी र बियर जफत गरेको बताइएको छ।
जफत गरेको रम-रक्सी तथा बियरको अनुमानित बजार मूल्य ५ लाख २५ हजार रुपियाँ रहेको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। आबकारी विभागले घटनाको जाँच सुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement