सिलगढी: आज श्रमिक नियुक्ति गरिनुपर्ने माग गर्दै रेलवेको काम बन्द गरेर तृणमूलको श्रमिक संगठनले विक्षोभ प्रदर्शन गर्यो। रेलवेको ठेकाको कामको लागि स्थानीय श्रमिकहरूलाई नियुक्त गरिएको छैन तथा एनजेपी स्टेसनमा बाहिरका श्रमिकहरूलाई ल्याएर काम गराइरहेको छ भन्ने जस्ता आरोपहरु लगाउँदै एनजेपी राष्ट्रवादी रेलवेका ठेका श्रमिक युनियनले विक्षोभ प्रदर्शन गर्यो। आज संगठनको तर्फबाट एउटा प्रतिवाद याली पनि निकालिइयो। श्रमिक संगठनका एनजेपी शाखाका अध्यक्ष सुजय सरकारले बताएअनुसार केन्द्र सरकारले मोडल एनजेपी बनाउने पहल गरेको छ। यसको लागि कार्य शुरू भइसकेको छ। तर उक्त संस्थाले स्थानीय श्रमिकहरूलाई नियुक्त गर्नको बद्ली बाहिरका ठेकाको श्रमिकहरूलाई ल्याएर काम गराइरहेको छ। यसैको विरोध जनाउँदै आज विक्षोभ प्रदर्शन गर्नको साथै चाँडै उक्त कार्यमा स्थानीय श्रमिकहरूलाई नियुक्त गरिनुपर्ने आफूहरूको माग रहेको तिनले बताए।