सिलगढी नगरनिगम भुस्याहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउन तत्पर

सिलगढी: सिलगढी नगरनिगमले भुस्याहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउनको लागि पहल गरेको छ। पशुप्रेमी संस्थाको सहयोगितामा भुस्याहा कुकुरहरूको नसबन्दी गराइयो। सिलगढी सहरको सडकहरूमा भएका भुस्याहा कुकुरहरूको नसबन्दी गर्ने सिलगढी नगरनिगमले पहल गरेको छ। आज डागापुर र सिलगढी डम्पिङ ग्राउन्ड नजिक नगरनिगमको सेन्टर होममा नसबन्दीको कार्य शुरू गरियो। सिलगढीका मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकार आज कामको प्रगतिको जाँच गर्नको लागि त्यहाँ पुगेका थिए। यस अवसरमा गौतम देवले भने, भुस्याहा कुकुरहरूको संख्या कम्ती गर्न केवल नसबन्दी मात्र नभएर मानिसहरूको सहयोग पनि चाहिन्छ। तिनले साधारण मानिसहरूसित सहयोगको अपील पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement