दिल्लीले केही न केही गोर्खा जातिको लागि गर्छे गर्छ। हामी आशावादी मात्र होइन, ढुक्क छौं: निरज जिम्बा

मिरिक: दार्जिलिङका विधायक निरज जिम्बाले हिजो आइतबार मिरिकको मन्जुश्री पार्कमा स्वर्गीय सुवास घिसिङ अनि तिनकी धर्मपत्नी धनकुमारी घिसिङको समाधि स्थल निर्माण कार्यको भूमि पुजन समारोहमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको आगमन भएकोले विधायक जिम्बाले यो मन्तव्य पोखेका हुन्। यस अवसरमा जिम्बाले पहाडको वर्तमान राजनैतिक परिवेशबारे बोल्दै भने, हामीले दिल्ली बुझेका छौ, चिनेका छौ तर अरूले दिल्ली देखेको मात्र छ। दिल्लीले केही न केही गोर्खा जातिको लागि गर्छे गर्छ। हामी आशावादी मात्र होइन, ढुक्क पनि छौ। तिनले आफू चियापत्ति, सयपत्रीको प्याकेटमा राजनीति गर्ने मानिस होइन भन्दै २००७ , २०१७ मा जस्तो जिम्बा थियो, उस्तै अहिले पनि छु अनि जातिको उन्मुक्तिको लागि स्वर्गीय सुवास घिसिङले देखाएको बाटोमा हिडिरहेको छु भनि दावी गरे। तिनले मन्जुश्री पार्क मिरिकमा सुवास घिसिङ अनि धनकुमारी घिसिङको समाधि निर्माण भएपछि गोर्खा स्वाभिमान अथवा गोर्खा श्री पार्क राखिने योजना रहेको जानकारी गराउदै यहाँ एउटा संग्राहलय राखिनेछ, जसमा स्वार्गीय सुवास घिसिङले प्रयोग गरेको गाडी, राजीव गान्धीले प्रदान गरेको जीप गाडी लगायत तिनका पुस्तक, लुगा- फाटाहरू आदि राखिनेछ भनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement