दार्जिलिङ: दार्जिलिङको लेबोङ बजारभन्दा केही उचाइमा रहेको जिङ्ग चिया बगानको गोदमधुरा बदमातम चिया बगानबाट दार्जिलिङ सहर जाँदै गरेको कार दुर्घटनामा परेको छ। कारमा करिब १० जना यात्रु सवार थिए, जसमा चन्द्रकला गुरुङ र शीला गुरुङ घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि दार्जिलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ। तर, बाँकी यात्रुलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै लेबोङ बदमातम कलेक्टिवका सदस्य योगेन्द्र प्रधान घटनास्थल पुगेका थिए।