कोविड़ सिक्किम: एक कोरोना संक्रमित उपचाराधीन

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। हाल राज्यमा कोरोनाकाे एउटा पनि नयाँ मामिला अघि आएन।

हिजो कूल ८३ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा गान्तोक जिल्लाबाट ५७ जना, पाकिम जिल्लाबाट ८ जना, सोरेङबाट ५ जना, गेजिङबाट ४ जना, नाम्चीबाट ९ जनाले जाँच गरेका गरी थिए र कासैमा संक्रमणको पुष्टि भएन। राज्यमा कोरोनाको सक्रिया मामिला केवल एउटा मात्र रहेको छ। जसमध्ये एकजना पनि कोरोना रोगी फेला नपरेको राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी दैनिक हेल्थ रिपोर्टमा बताइएको छ।

अहिलेसम्म राज्यमा ४३,०३८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३२१ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement