३० जनवरीः नाम्सा रिम्पोछे फूटबल कमिटीको तत्त्वावधानमा गोरुबथानको मालबस्तीमा आयोजित नाम्सा रिम्पोछे महिला विण्टर फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले लंकापाड़ाको उदभवी स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। अब मंगलवार (३१ जनवरी) खेलिने फाइनलमा दार्जीलिङ पुलिस र सिक्किमको सोरेंग गर्ल्सबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।