रेकर्ड २२औं ग्राण्ड स्ल्याम जिते नोवाक जोकोविचले

३० जनवरीः सर्बियाका स्टार खेलाड़ी नोवाक जोकोविचले अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। जोकविचले फाइनलमा ग्रीसका स्टेफानोस सितसिपासलाई सीधा सेटमा ६-३, ७-६ (४), ७-६ (५)-ले पराजित गरी दशौंपल्ट अष्ट्रेलियन ओपनको खिताब जिते। यो उनको २२औं ग्राण्ड स्ल्याम खिताब हो। यसरी उनले स्पेनिश दिग्गज रफायल नडालको सर्वाधिक २२ वटा ग्राण्ड स्ल्याम खिताब जित्ने रेकर्डको पनि बराबरी गरे। यतिमात्र नभएर जोकोविचले मेलबर्नमा ट्रफी जितेर विश्व ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गर्ने पनि सुनिश्चित गरे।

कोविड भ्याक्सिन विवादले गर्दा गत वर्ष अष्ट्रेलियन ओपनमा हिस्सा लिन नसक्ने जोकोविचलाई यस साल असाधारण लयमा देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement