आईसीसी अण्डर-१९ वूमन्स टी२० वर्ल्ड कपमा भारत च्याम्पियन

३० जनवरीः भारतले आइसीसी अण्डर-१९ वूमन्स टी२० वर्ल्ड कपको पहिलो संस्करणमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। दक्षिण अफ्रिकाको पोचेफस्ट्रूममा आइतवार खेलिएको फाइनलमा भारतले ईंग्ल्याण्डलाई ७ विकेटले पराजित गरी ट्रफी जित्यो।

फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्ने ईंग्ल्याण्डको टीम १७.१ ओभरमा केवल ६८ रन बनाएर अलआउट भयो। रयाना म्याकडोनाल्ड-गे-ले सर्वाधिक १९ रन बनाइन्। शीर्ष क्रममा अन्य सबैजना आउने र जाने मात्र भइन्। भारतीय बलरहरूमा तितास साधु, अर्चना देवी र पार्शवी चोपड़ाले २-२ विकेट हासिल गरिन्।

जवाफमा भारतले १४ ओभरमै ३ विकेट गुमाएर ६९ रनको लक्ष्यलाई हासिल गऱ्यो। सौम्य तिवारीले अविजित २४ रन बनाइन्। यसबाहेक गोनगाडी त्रिसाले २४ र कप्तान शेफाली वर्माले १५ रनको योगदान दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement