अन्तरराष्ट्रिय काग्यु मोनलनमा मन्त्री सोनाम लामाको सहभागिता

IMG_20230130_001825.jpg

गान्तोक: उच्च बौद्ध अध्ययनको निम्ति पश्चिम बंगालको जलपाइगड़ी जिल्लाअन्तर्गत डामडिममा अवस्थित बोकर शेडा ओबार छिमेलिङमा आयोजित अन्तरराष्ट्रिय काग्यु मोनलममा राज्यका धर्म मामिला विभागीय मन्त्री एवं संघका विधायक सोनाम लामाले सहभागिता जनाए। अन्तरराष्ट्रिय काग्यु मोनलममा सहभागिता जनाउन पाउनु सौभाग्य रहेको मन्त्री लामाले मन्तव्य व्यक्त गरे। १७औं कर्मापाको मार्गनिर्देशनमा कालेबुङ, दार्जीलिङ अनि सिक्किमका सम्बन्धित शेडाका भिक्षु, नन अनि योगीहरूलाई लिएर विशेष काग्यु मोनलम आयोजन गरिएको हो। २१४९ तिब्बती वर्षको १२औं चन्द्र मासको अवसरमा २९ जनवरीदेखि ५ फरवरीसम्म अनि ८ फरवरीदेखि १५ फरवरीसम्म यो विशेष काग्यु मोनलम आयोजन गरिनेछ। यो मोनलमको आयोजक बोकर शेडा अनि बोकर गुम्बा हो। यस अवसरमा मन्त्री सोनाम लामाले विश्वशान्ति अनि सद्भावनाको निम्ति गुम्बामा प्रार्थना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *