३० जनवारीदेखि सिक्किम प्रिमियर लिग शुरू हुने

IMG-20230128-WA0056.jpg

गान्तोक: फूटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडद्वारा राज्यमा पहिलोपल्ट सम्पन्न हुनगइरहेको सिक्किम प्रीमियर लीग ३० जनवारीदेखि शुभारम्भ हुनेभएको छ। भोलि शुरुआती दिनको खेला आक्रमण स्पोर्टीङ क्लब वनाम सिक्किम ड्र्यागन्स एफसीमाझ सम्पन्न हुनेछ। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो उपस्थिति दिएर सिक्किम क्रीमियर लीगलाई कीक अफ् गर्ने आयोजक पक्षले दिएका छन्। भोलि सांगीतिक कार्यक्रमको पनि आयोजना गरिओएको छ। नेपाली संगीत जगतका ख्यातिप्राप्त गायक राजु लामा, सारेगामापा लिटल च्याम्प्सकी विजेता जेत्सन डोना लामा, युएनबी, रिवज गिरूङले कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन्। उक्त संगीतिक कार्यक्रमपछि सिक्किम प्रीमियर लीगको पहिलो खेल फ्लड लाइटमा सम्पन्न हुनेछ।
ज्ञात रहोस्, सिक्किम प्रीमियर लीग राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दर्शनअनुसार राज्यमा सम्पन्न हुनगइरहेको हो।

राज्यका खेलाड़ीहरूलाई व्यवसायिक बनाउने उद्देश्यले यो लीगको आयोजन गरिएको हो। फूटबल डेभलपमेन्ट प्राइभेट लिमीटेडले सिक्किम फूटबल एसोसिएशन अनि राज्यको खेलकुद विभागको सहकार्यमा उक्तलीगको आयोजन गरिरहेको छ। यो लीगलाई सिक्किम उर्जाले प्रायोजन गरेको हो भने लीगका विजयी क्लबले १५ लाख रुपियाँको नगद इनाम अनि आकर्षक ट्रफी प्राप्त गर्नेछ। यसको साथै उफविजेता क्लबले ८ लाख अनि सेमी फाइनलिस्ट क्लबले २.५ लाख रुपियाँको नगद पुरस्कार प्राप्त गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *