स्म्याक ओपन फूटबल टुर्नामेण्टः १०७ टीए च्याम्पियन

IMG_20230129_233945.jpg

२९ जनवरीः सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए च्याम्पियन भयो। आइतवार भएको फाइनल म्याचमा १०७ टीए-ले पशुपति युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङ र कुञ्जमान थापाले गोल गरे। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

संक्षिप्तमाः
च्याम्पियनः १०७ टीए (दार्जीलिङ)
रनरअप्ः पशुपति युनाइटेड
प्लेयर अव् द म्याचः एन्थोनी छेत्री (१०७ टीए)
प्लेयर अव् द टुर्नामेण्टः लाक्पा तामाङ (१०७ टीए)
बेस्ट गोलकीपरः दिवस राई (१०७ टीए)
बेस्ट डिफेण्डरः सौरभ कार्की (पशुपति युनाइटेड)
हाईएस्ट स्कोररः कुञ्जमान थापा (१०७ टीए)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *