दोस्रो टी२०आई म्याचमा ६ विकेटले विजयी भारत

IMG-20230129-WA0337.jpg

२९ जनवरीः भारतले दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्यूजील्याण्डलाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। लखनऊमा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।

कप्तान मिचेल सेण्टनरले सर्वाधिक १९ रन बनाए। यसबाहेक मार्क चापम्यान र माइकल ब्रेसवेलले १४-१४ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिए। यसबाहेक हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, दीपक हूडा र कुलदीप यादवले १-१ विकेट लिए। जवाफमा भारतले १ बल बाँकी रहँदा ४ विकेटको नोक्सानमा १०१ रन बनाएर जीत हासिल गऱ्यो।

सूर्यकुमार यादवले सर्वाधिक अविजित २६ रन बनाए। यसबाहेक ईशान किशनले १९ र कप्तान हार्दिक पाण्ड्याले अविजित १५ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा माइकल ब्रेसवेल र ईश सोढ़ीले १-१ विकेट लिए। सूर्यकुमारलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *