शब्द समय सालबारीको ११४औं प्रकरण सम्पन्न

00-IMG-20230129-WA0305

सालबारी: शब्द समय सालबारीको ११४औं प्रकरण शनिबार सालबारी सयपत्री भवनमा सम्पन्न भयो। सधैँझैं यो प्रकरण पनि शब्द समयका अभिभावक व्यक्तित्व वरिष्ठ साहित्यकार नरबहादुर दाहालको सम्बोधनसित शुरु भयो। साहित्यकार दाहालले आफ्नो सम्बोधनमा यस अवधिभित्र अनुभव गरेका केही घटनाहरूको सम्झना गरे। दिवङ्गत बनेको कति विशिष्ट साहित्यकारहरूको उनले सम्झना गरे। शब्द समयले पालन गरेका शोकसभाहरूको उल्लेख गरे। यस अवधिमा आफूले प्रा. भीमकान्त उपाध्यायमाथि लेखेको लेख हिमालय दर्पण र हाम्रो प्रजाशक्तिमा प्रकाशित भएको बताए। सालबारी शब्द समयले प्रा. भीमकान्त उपाध्यायको निधनमा गरेको शोकसभाको पनि साहित्यकार दाहालले उल्लेख गरिरहेका थिए।

कोरोनाकालपछिको शब्द समयका प्रकरणहरूमा यसपल्ट सर्जक अनि साहित्यकारहरूको धेरै बाक्लो उपस्थिति रहेको थियो। आजको प्रकणमा प्रथमपल्ट उपस्थित बनेका सार्जक र साहित्यकारहरूलाई श्री दाहालको बाहुलीबाट खदा पहिर्याएर स्वागत गरियो। यस क्रममा आजकी चर्चित कवि योगिता राई, जीवनी लेखिका एवं कवि मोनिका प्रधान, सोनादाबाट आएका चर्चित कवि-गीतकार-सम्पादक नरेश कटुवाल, प्रसिद्ध उपन्यासकार-आखायानकार रीता ठकुरी, साहित्यकार अशोक ठकुरी, केफे दि ट्विन्सकी स्वामिनी लेखा राई आदि थिए। त्यसपछि शब्द समयका कर्मठ सदस्य पूर्ण मंगरले शब्द समयका नियमहरू पठन गरेर सबैलाई सुनाए। त्यसपछि आरम्भ भयो कृति पठनको क्रम। यस प्रकरणमा सर्जकहरूले सुन्दर रचनाहरू पाठ गरेर आ-आफ्नो उपस्थिति नै अविस्मरणीय बनाए। सृ

जना पाठ गर्ने वरिष्ठ साहित्यकारहरूमा थिए कवि-राजनैतिक चिन्तक पी. अर्जुन, कवि-कथाकार भविलाल लामिछाने, कवि मोहन ठकुरी, कथाकार मणिकुमार प्रधान, कवि राजा पुनियानी, उपन्यासकार-कथाकार रीता ठकुरी, कवि योगिता राई, कवि मोनिका प्रधान, कवि-आख्यानकार अमला सुब्बा छेत्री, कथाकार जीतबहादुर सुनार, साहित्यकार अशोक ठकुरी, रम्भास कवि लीलबहादुर सुनार, कवि सुरज रोसुरी, अवकाशप्राप्त कप्तान महेश कुमार सुब्बा, कथाकार-चित्रकार सुवास छेत्री, साहित्यकार कृष्ण प्रधान अर्पण, कवि अजय थापा, कवि निर्मल सिन्चुरी, कवि-गीतकार-सम्पादक नरेश कटुवाल, कवि गङ्गा प्रधान अनि कवि कविता अधिकारी। कृतिहरू वाचनको क्रम सकिएपछि यस प्रकरण्मा पठित सम्पूर्ण रचनाहरूमाथि सर्जक-पत्रकार एवं ओन लाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेन्द्र समदर्शीले सुबै सुन्दर ढङ्गमा प्रतिक्रिया राखे। उनले सर्जकहरूले कुन धार र कुन आधारका रचनाहरू पढ़िरहेका थिए त्यसलाई निफन्ने काम गरिरहेको थिए। कवि-चिन्तक-अध्येता एवं शब्द समयका खाँबो व्यक्ति ज्ञानेन्द्र खतिवड़ाले आजको प्रकरण खुबै महत्त्वपूर्ण रहेको बताए। अन्तमा शब्द समयको पक्षबाट युग्मककार कालूसिंह रनपहेंलीले सबैलाई धन्यवाद बताइरहेका थिए। सम्पूर्ण कार्यक्रमलाई कुशल ढङ्गमा कवि-अनुवादक खड़कराज गिरीले सञ्चालन गरेका थिए। यस प्रकरणमा प्रसिद्ध चलचित्र अभिनेता टङ्क शर्मा, साहित्यकार-समालोचक कबीर बस्नेत, समाजसेवी रघुनाथ शर्मा, सविता सिंह, डम्बर सिंह आदि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *