राहुल गान्धीसँग भाइचुङ भोटियाले आईएलपी र नेपाली सीट पुनर्स्थापना मुद्दामा समर्थन मागे

गान्तोक: भाइचुङ भोटिया हाम्रो सिक्किम पार्टीका अध्यक्ष कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीको अगुवाईमा जारी भारत जोडो यात्रामा सहभागी बने। श्रीनगर, कश्मीरमा आयोजित भारत जोडो यात्रा अवधि भोटियाले राहुल गान्धी र प्रियंका गान्धीसँग भेट गरेर सिक्किममा आईएलपी लागू गर्न र सिक्किमे नेपालीको सीट पुनर्स्थापना गर्न संसदमा समर्थनको निम्ति अनुरोध गरेका छन्। एचएसपी महासचिव बिराज अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, एचएसपी अध्यक्ष भाइचुङ भोटियाले सिक्किममा आईएलपी लागू गर्न र सिक्किमे नेपालीको सीट पुनर्स्थापना गर्न पहल गर्ने आफ्नो प्रतिबद्धतामाथि काम गर्न शुरू गरेका छन्। यस क्रममा उनले श्रीनगर, कश्मीरमा आयोजित भारत जोडो यात्रा अवधि राहुल गान्धी र प्रियंका गान्धीसँग भेट गरे।भोटियाले राहुल र प्रियंकालाई हालैमा सुप्रीम कोर्टको एउटा फसेलामा बहुसंख्यक सिक्किमे नेपालीलाई विदेशी मूलका व्यक्तिहरू भनेर उल्लेख गरेको जानकारी गराए। उनले सिक्किमे नेपालीहरूको सुरक्षाको निम्ति नेपाली सीट पुनर्स्थापना गरिनु पर्ने आवश्यकतामाथि बल दिए।

About Author

Advertisement