क्यापिटल हलमा स्वास्थ्य जाँच सम्पन्न

IMG-20220605-WA0149.jpg

दार्जीलिङ: नगरबासीहरूको स्वास्थ्य सम्बधित विषयहरूलाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिकाले आज शहरको क्यापिटल हल एंव टाउन हलमा स्वास्थ्य जाँच शिविरको आयोजना गरेको थियो। आयोजित स्वास्थ्य शिविर दार्जीलिङ नगरपालिकाले शान्ती स्वास्थ्यलय, अनुसन्धान केन्द्र प्रा. लि. अनि सिलगढी ग्रेटर लाइयन्स आइ अस्पतालको सयुक्त आयोजनामा गरिएका थिए। स्वास्थ्य शिविरमा ९ जना डाक्टरहरूले रोगीहरूको जाँचहरू गरेका थिए।

स्वास्थ्य जाँच कार्यक्रममा दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य नगरपार्षदहरूको उपस्थिति रहेको थियो। आजको स्वास्थ्य शिविरमा धेरै मानिसहरूले आ आफ्नो स्वास्थ्य, नेत्र जाँच अनि विभिन्न रोगहरूको जाँचहरू पनि गराए। जाँच गरिएका विमारीहरूलाई दवाईहरू पनि निःशुल्क वितरण गरियो।

About Author

Advertisement