गोली लागेर घाइते भएका ओडिशाका स्वास्थ्य मन्त्रीको मृत्यु

भुवनेश्वर: ओडिशाका स्वास्थ्य मन्त्री नब किशोर दासको आइतबार उपचारको क्रममा मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे झारसुगुडाको ब्रजराजनगरमा एएसआईले उनलाई गोली हानेर हत्या गरेको बताइएको छ। मन्त्री दासलाई छात्तीमा दुईवटा गोली लागेपछि उपचारका लागि भुवनेश्वरको एपोलो अस्पतालमा हेलिकप्टरद्वारा लगिएको थियो। झारसुगुडाको ब्रजराजनगरमा आयोजित कार्यक्रममा सहभागी हुनगएका मन्त्रीमाथि सो हमला भएको हो। कारको अगाडिको सिटमा बसेका मन्त्री नब किशोर दास तल ओर्लिनेबित्तिकै एएसआईले उनको छातीमा दुई गोली हानेको समाचार छ। रगतले लतपतिएको मन्त्री दास गाडी नजिकै लडेका थिए।

घटनास्थलमा उपस्थित उनका समर्थकहरूले उनलाई समातेर एम्बुलेन्स बोलाएर अस्पताल पुर्याएका थिए। केही समयपछि उनलाई हेलिकप्टरबाट भुवनेश्वरको एपोलो अस्पताल लगिएको थियो। जहाँ उनको अवस्था चिन्ताजनक रहेको थियो। मुख्यमन्त्री नवीन पटनायक पनि उनलाई भेट्न अस्पताल पुगेका थिए। अपराध महाशाखाले यस विषयमा अनुसन्धान थालेको छ। यता पुलिसले गोली चलाउने एएसआई गोपाल दासलाई नियन्त्रणमा लिएको छ। उनीमाथि सोधपुछ भइरहेको छ, तर अहिलेसम्म अभियुक्तले आक्रमणको कारण भने खुलाएका छैनन्। राज्य सरकारले घटनाको अनुसन्धान सीआईडी–अपराध शाखालाई जिम्मा दिएको छ। सात सदस्यीय विशेष अनुसन्धान टोलीमा साइबर, ब्यालेस्टिक र अपराध शाखाका अधिकारीहरु रहेका छन्। टोलीको नेतृत्वमा डीएसपी रमेश सी डोरा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement