२९ जनवरीः युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा फारानाइस मिरिकले फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा फारानाइस मिरिकले नागरीको गोर्खा स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। नियमित समय र अतिरिक्त समय (१० मिनट)-को खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब आइतवार (५ फरवरी) खेलिने फाइनलमा आजको विजेता फारानाइस मिरिक र सिलगढ़ी युनाइटेड एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










