भाह तकभर विण्टर कपः एमजेएस सेमिफाइनलमा

२९ जनवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा एमजेएस-ले सेमिफाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा आइतवार भएको क्वार्टर फाइनलमा एमजेएस-ले भेटरन्स क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका अनमोल तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १९ फरवरीमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement