२९ जनवरीः पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा खरसाङको गोर्खा बोइजले फाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा आइतवार भएको दोस्रो सेमिफाइनल म्याचमा गोर्खा बोइजले सिलगढ़ीको क्याप्टन न्यौपाने फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिरेन प्रधानले २ र अभिषेक दर्जीले १ गोल गरे। अब ५ फरवरीमा हुने फाइनलमा गोर्खा बोइज र चाँद एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










