रंगबुलमा ओपन नक्आउट फूटबलः अजम्बरी संघ च्याम्पियन

२९ जनवरीः रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा अजम्बरी संघ, रंगबुल च्याम्पियन भयो। रंगबुल खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा अजम्बरी संघले १०७ टीए-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा अजम्बरी संघबाट निशा राईले दुवै गोल गरे। यसरी नै १०७ टीए-बाट प्रणीत सुन्दास र अनिवेश गुरुङले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः निशा राई (अजम्बरी संघ)
प्लेयर अव् द टुर्नामेण्टः एन्थोनी छेत्री (१०७ टीए)
हाईएस्ट स्कोररः नयन प्रधान (अजम्बरी संघ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement