२९ जनवरीः घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा उर्भवी स्पोर्टिंग क्लब र बाघडुग्राको वरियर्स एफसी-ले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको पहिलो म्याचमा वरियर्स एफसी-ले जंगापाना एफसी-लाई ९-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राखी मण्डल एक्लैले ५ गोल गरिन्। यसबाहेक सिता विश्वासले २ तथा दिपा सिंघा र नेहा बाराईले १-१ गोल गरिन्। यसरी नै दोस्रो म्याचमा लंकापाड़ाको उर्भवी स्पोर्टिंग क्लबले महानदीलाई १३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पाशु थापा एक्लैले ६ गोल गरिन्। यसबाहेक नेहा लाकड़ा र सप्ना रोयले २-२ गोल गरिन्। यसरी नै झुमा रोय, निशा भुजेल र उमा टोप्पोले १-१ गोल गरिन्। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










