सुवास घिसिङको श्रध्दाञ्जली कार्यक्रम अनि समाधि निर्माणको लागि पूजा अर्चना सम्पन्न

अब पनि केन्द्रबाट सही रिजल्ट आएन भने गोरामुमोले मात्र होइन पहाड़ले नै सोच्नुपर्छ: मन घिसिङ

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा स्वर्गीय सुवास घिसिङको नवौं पुण्यतिथिमा श्रद्धाञ्जली सभा साथै सुवास घिसिङ अनि उनकी धर्मपत्नी धन कुमारी सुब्बा (घिसिङ) को समाधि निर्माण हेतु भूमि पूजन कार्यक्रम आज मञ्जु पार्क मिरिकमा सम्पन्न भएको छ। गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा, गोरामुमो शीर्ष नेतृत्ववर्ग साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थितिमा सर्वधर्मका सबै गुरुहरुद्वारा विधिपूर्वक पुजा अर्चना गरी कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त श्रध्दाञ्जली कार्यक्रम साथै सुवास घिसिङ र उनकी पत्नीको समाधि निर्माणको लागि पूजा अर्चनापछि पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिन्दै गोरामुमो अध्यक्ष मन घिसिङले भने, “जातिको मुध्दाको लागि म भएसम्म चिन्ता नगर्दा पनि हुन्छ। हामीले जातिको लागि नयाँ र राम्रो रिजल्ट पर्खिरहेका छौं। केन्द्र सरकारको तर्फबाट पहाड़ तराई र डुवर्सको जनताको लागि राम्रो रिजल्ट आउनुपर्छ। कारण अहिलेसम्म केन्द्रबाट केही आएको छैन। हामीले राजु विष्टको रूपमा काम गर्ने घोड़ा पाएका छौं तर हामीले सही रूपमा प्रयोग गर्नुपर्छ अनि अब पनि सही काम भएन वा सही रिजल्ट आएन भने गोरामुमोले मात्र होइन पहाड़ले नै सोच्नुपर्छ। पर्खाईको सामी सकिनु सक्छ। हामीले आशा गरेको रिजल्ट छिट्टै आयोस् नत्र पर्खाईको सीमा र सहने शक्ति सकिनु सक्छ।”
पहाड़मा फेरि जातीय मुद्दाको लागि धेरैवटा पार्टीहरू एक भईरहेको र गोरामुमो पनि जान्छ भनी सोधिको प्रश्नको उत्तरमा गोरामुमो अध्यक्ष मन घिसिङले भने,”जाति र माटोको लागि गोरामुमो लागि परेकै छ र हामीलाई जातीय मुद्दा विषयमा बुझाउनु पर्ने आवश्यकता छैन। बरू नबुझ्नेहरू र जातिको मुद्दाबाट भँगालिएकाहरूलाई बुझाउनु पर्ने देखिएको छ। म हुँदा हुँदा गोरामुमोलाई जातिको मुद्दालाई लिएर चिन्ता नगर्दा पनि हुन्छ।”

सुवास घिसिङको पूण्यतिथि र समाधि निर्माणको लागि सम्पन्न पूजा अर्चनामा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड आएको विषयमा पत्रकारगरूले सोधेका प्रश्नको जवाबमा मन घिसिङले भने,”म पूजामा व्यस्त भएकोले को-को आयो याद भएन। तर यो पूजा हो र यसमा जो केही पनि आउन सक्छन् अनि यसलाई कुनै ठूलो ईश्यु नबाउँदा पनि हुन्छ। घरमा आफुलाई मन नपरेको मान्छे आएको खण्डमा चिया दिएर पठाइनुपर्छ भनेपछि यो कुनै ठूलो ईश्यु होइन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement