इण्डिपेण्डेन्स डे फूटबलः आरजे एफसी दोस्रो राउण्डमा

IMG_20220605_183312.jpg

५ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार भएको म्याचमा आरजे एफसी विजयी भयो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा आरजे एफसीले रियल रोंगमूकलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दयन छेत्रीले १६औं मिनट (पेनल्टी) अनि नितेश मंग्राती (टोबो)-ले ५४औं मिनटमा गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

Advertisement