खरसाङ: सभासद कोषबाट खरसाङको धर्मशालादेखि डाउहिल जाने रोडको मरमत्ति कार्य शुरू भएको छ। खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको तर्फबाट सभासद कोषबाट उक्त रोडको निर्माण कार्य शुरु भएको छ।विगत धेरै दिनदेखि खरसाङ बजारको धर्मशाला छेउदेखि डाउहिल जाने बाटोकाे खराब अवस्थाले चालक दाजुभाइ साथै जनसाधारणलाई धेरै असुविस्था भईरहेको थियो। यस समस्याको समाधान हेतु २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाले सभासद कोषबाट उक्त रोडकाे मरमत्ति कार्य आजदेखि शुरु भएको छ। यस विषयमा जानकारी गराउँदै समष्टि सभासद श्याम शेर्पाले धेरै दिनदेखि धर्मशालादेखि डाउहिल जाने बाटोकाे अवस्थाले चालक दाजुभाइहरू र जनसाधारणलाई धेरै असुविधा भईरहेको हामीले महसुस गरिरहेकाे भए पनि अफिसियल रूपमा कागजपत्रले गर्दा अलिक समय लागेकाेमा हामी खेद प्रक्ट गर्दैछौं भनी बताएका छन्। आजदेखि यस रोडको मरमत्ति कार्यकाे थालनी भएको छ। त्यसैले सभासद शयाम शेर्पाले चालक दाजुभाइहरुलाई यो निवेदन् गर्दै एक दुई दिन गाडी नचलाई दिने र सबै सेन्डीकेटले नगरपालिका कार्यलय छेउदेखि चलाई दिए कार्यमा बाधा नहुने र रोडकाे कार्य गुणस्तरकाे हुनेछ भनी बताएका छन्। उनले भने, ‘भविष्यमा सबै सबैलाई सुविधा हुनेछ साथै रोडकाे मरमत्तिभईरहेकोले क्षेत्रवासीहरुले आ-आफ्नो घरकाे पानी रोडमा नै छोडेकोले सडक क्षति भएको हाे र कार्य भईरहेको समयमा नै पानीको नालाहरु रोड क्रस गरेर मुख्य नालामा हालिदिए सड़क क्षति हुने थिएन् र यसमा सबै सबैकाे सहयोगकाे आशा राख्दछौं कारण सम्बन्धित विभागले मात्रै जिम्मेवारी निभाएर हुँदैन जबसम्म जनताले सहयोग गर्दैन विभाग सफल हुँदैन। रोडकाे मरत्ति साथै नालाहरु पनि सफा गरिनेछ कारण नालाहरु सबै सबै फोहोर मैलाले बन्द भएको कारण ले पानी सडकमा बग्ने गर्छ अनि सडक क्षति हुन्छ।”










