तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टको उपाधि लिंकन क्लब सिपाहीधुराको झोलीमा

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्टको फाइनलमा लिंकन क्लब सिपाहीधुराले नवज्योति संघ चुनभट्टीलाई ४ विकेटले पराजित गरी च्याम्पियन बनेको छ। डाईनामिक बोइस १७ माइल तीनधारेको आयोजनामा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको फाइनल खेलमा टस जितेर पहिला व्याटिङ गर्दै चुनभट्टीले निर्धारित बीस ओभरमा ९ विवेट गुमाएर १५४ रन बनाएको थियो। चुनभट्टीको पक्षमा ओपनर ब्याटर मनोहर थापाले ५० रन अनि आनन्द सुनवारले ३९ रन बनाएको थियो। चुनभट्टीले दिएको १५५ रनको लक्ष्यलाई खेदो गर्दै सिपाहीधुराले ६ विकेट गुमाएर १९ ओभर १ बलमा १५६ रन बनाएर ४ विकेटले म्याच जित्न सफल भएको छ। सिपाहीधुराको पक्षमा भुवन प्रधानले ४९ रन अनि संगम प्रधानले ३९ रन बनाएको थियो। यस फाइनल खेलमा सिपाहीधुराको लागि २० बलमा ३९ रन साथै २ विकेट लिने संगम प्रधानलाई म्यान अफ् द म्याच चयन गरिएको छ। त्यसरी नै म्यान अफ् द सिरिज टुर्नामेन्टभरि ११७ रन अनि ६ विकेट लिने १७ माइलको खेलाड़ी विशाल गजमेरलाई चयन गरिएको छ। त्यस्तै प्रकारले टुर्नामेन्टभरि सबैभन्दा धेरै १३१ रन बनाउने चुनभट्टीको मनोहर थापालाई चयन गरियो भने सबैभन्दा धेरै १० विकेट लिने सिपाहीधुराको अजय प्रधान चयन भएका छन्। त्यसरी नै टुर्नामेन्टमा सबैभन्दा असल क्याच लिने १७ माइलको रबीन गजमेर अनि फेयर प्ले अवार्ड गैरी गाउँलाई चयन गरिएको छ। आजको फाइनल खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा सचिन रिजाल, बिजय मंगर, अञ्जान घतानी, धिराज शंकर, जितेन्द्र घतानी, सुरेन छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। फाइनलमा विजेता बन्ने सिपाहीधुरालाई सचिन रिजालले आफ्नी आमा स्व अनिता गजमेरको नाममा प्रायोजित गरेको ट्रफीसहित नगदराशि प्रदान गरियो। त्यसरी नै उप विजेता दललाई नगदराशिसहित सुकनाबाट जितेन्द्र घतानीले प्रायोजित गरेका थिए। आजको फाईनल खेलमा निर्णायकको रूपमा राजीव प्रधान अनि विष्णे भुजेल रहेका थिए। तीनधारेको सत्र माइलमा रहेको डाईनामिक बोइसको आयोजनामा गत १५ जनवरीदेखि १६ वटा क्रिकेट टिमहरूलाई लिएर उक्त १५ ओभरको क्रिकेट टुर्नामेन्ट शुरु भएको थियो भने फाइनलमा भने २० ओभरको खेलाइएको थियो।

आजको फाइनल खेल विषयमा डाईनामिक बोइस सत्र माइलक पक्षमा महेश सुनारले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement