अलिपुरद्वार: आवारा जनावरहरूको उपचारको लागि बाइक एम्बुलेन्स सुरु गरिएको छ। राज्यमा पहिलो पटक फलाकाटामा जनावरको उपचारका लागि बाइक एम्बुलेन्स सञ्चालनमा आएको छ। फलाकाटा युनिट अफ पिपल फर एनिमल्सले यो सेवा सुरु गरेको हो। यो अत्याधुनिक एम्बुलेन्स फलकाटा ब्लक प्रशासन, नगरपालिका र शहरका अन्य धेरै पशु प्रेमी क्लबहरूको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो। उक्त एम्बुलेन्स सेवाको आइतबार उद्घाटन गरियाे। उक्त कार्यक्रममा फलकाटा नगरपालिकाका अध्यक्ष प्रदीप मुहुरी लगायत फलकाटा बीडीओ सुप्रतीक मजुमदार लगायत धेरैको उपस्थिति रहेको थियो। पीएफएको फलकाटा इकाईका अध्यक्ष सुभदीप नागले भने, ‘मैले लामो समयदेखि आवारा जनावर र चराचुरुङ्गीसँग काम गरिरहेको छु। तर घाइते र बिरामी जनावरको उपचार गर्दा धेरै समस्याको सामना गरेको छु। तर पद्मश्री करीमुल हकको एम्बुलेन्स देखेपछि छाडा जनावरका लागि यस्तो एम्बुलेन्स खोल्ने सोच आयो। एक वर्षदेखि फलकाटा ब्लक प्रशासन, नगरपालिका, धेरै राम्रा व्यक्तिहरुको सहयोगमा अन्तत: एम्बुलेन्स बनाउन सफल भएका छौं। हामी जनावर र चराहरूको लागि २४-घण्टा नर्सिङ सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्नेछौं।










