जीटीए चिफ् अनित थापायहित उच्चस्तरीय टोली कोलकाता प्रस्थान

सिलगढी: जीटीए प्रमुख कार्यपाल अनित थापा अनि जीटीएका अधिकारीहरुको एउटा उच्चस्तरीय टोली कोलकाता प्रस्थान भएका छन्। आज बिहान सिलगढीस्थित नवग्रह मन्दिर दुर्गा गढीमा पूजा अर्चना गरी अनित थापाको टोलीले बाघडुग्रा हवाई अड्डाबाट कोलकाता प्रस्थान गरेका छन्। उक्त टिममा जीटीएको डेपुटी चेयरयम्यान राजेस चौहान लगायत जीटीएका अधिकारीहरू सामेल छन्।

यस विषयमा जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले कोलकाता भ्रमण विषय आफ्नो फेसबुक पेजमार्फत जानकारी दिँदै भनेका छन् – “जीटीए चिफ् अनित थापा र डेपुटी चेयरम्यान राजेस लगायत जीटीएका अधिकारीहरू सामेल छन्। उक्त टोलीले कोलकोतामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी साथै राज्यको विभिन्न विभागीय मन्त्रीहरू र विभागीय अधिकारीहरूसित सभा गर्नेछन्।”
स्मरण रहोस अनित थापाले हिजो मात्र पिन्टेल भिलेजमा पत्रकार सम्मेलन डाकेर राज्यका मुख्यमन्त्रीसँग पनि बैठक बस्ने जानकारी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement