सुन चाँदीका गरगहनासहित लाखौंको चोरीको घटनामा संलग्न एक जना पक्राउ

सिलगढी: सिलगढी महानगरीय प्रहरीको नयाँ जलपाईगुडी थाना अन्तर्गत फुलबारीको एउटा घरमा चोरीको आरोपमा प्रहरीले अजय मण्डल नामकाे व्यक्तिलाई शनिबार पक्राउ गरेको छ। फूलबारी २ ग्राम पञ्चायतको पश्चिम धन्तला क्षेत्रमा १७ जनवारी एक घरमा चोरी भएको जानकारी प्राप्त भएको छ। घरधनी मिठु साह र उनको परिवार एक विवाह समारोहमा सहभागी हुन बिहारकाे बारसाई गएका थिए। घर खाली देखेपछि अाराेपीले मौकाको फाइदा उठाउँदै पुरै घर साफ गरे। घर फर्किएपछि घरधनी चोरी भएको थाहा पाए। ८० हजार नगदसहित ४ लाख रुपियाँ बराबरको सुनको भाडा चोरी भएको पीडितले बताए। घटनाको लगत्तै, नयाँ जलपाईगुडी पुलिस स्टेशनमा उजुरी दर्ता गरियो। सो उजुरीका आधारमा प्रहरीले पश्चिम धन्तलाबाट अजय मण्डललाई शनिबार पक्राउ गरेको छ। पक्राउ परेका युवा विरुद्ध समाज विरोधी गतिविधिको कयौं आरोप लाग्ने गरेको छ। प्रहरीले आरोपीलाई आइतबार जलपाईगुडी अदालतमा पठाएको थियो। उक्त घटनामा अरु पनि संलग्न रहेको प्रहरीको आशंका छ। प्रहरीले घटनाको बिस्तृत जाँच को साथै चोरीको समान उद्धार गरने प्रयास गरि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement