भारत: कोभिड-१९ अपडेट

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.४ करोड (९५.१७ करोड दोस्रो खुराक र २२.६५ करोड सावधानी खुराक) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ८३३ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या एक हजार ८४२ छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.८१ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा १०८ जना स्वस्थ भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ५० हजार ५७ पुगेको छ।  पछिल्लो २४ घण्टामा १०९ नयाँ संक्रमित थपिएका छन् भने दैनिक सक्रिय मामला दर ०.०७% रहेको छl साप्ताहिक रुपमा सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.५३ करोड परीक्षण गरिएको छl पछिल्लो २४ घण्टामा १,४८,४६४ जाँच गरिएको छl –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement