सडक दुर्घटनामा बिहारका २ युवाको मृत्यु, ५ घाइते

सिलगढी: नक्सलबारीमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घटना नक्सलबारीको बेनगाई जोत क्षेत्रमा एशियन हाइवेमा भएको हो। दुईवटा कार एक आपसमा ठोक्किए। ती मध्ये एउटा कार बिहारबाट सिलगढीतर्फ आउँदै थियो भने अर्को नक्सलबारीतर्फ गइरहेको थियो। नक्सलबारीको बेनगाई जोत क्षेत्रमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचारपछि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। मृत्यु हुने दुवै युवा बिहारका रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुबै शवलाई बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement