सिलगढी: नक्सलबारीबाट सिलगढी जाने एशियाली राजमार्ग २ मा रहेको चेंगा नदी पुलको २० मिटर लामो रेलिङ भाँच्दा १६ पाङ्ग्रे ट्रक नदीमा खसेर चालक र सहचालक गम्भीर घाइते भएका छन्। बिहारबाट त्रिपुरा जाँदै गर्दा नक्सलबारीको अटल चिया बगान क्षेत्रमा रहेको चेंगा खोलाको पुलमा गएराति घटना भएको हो।










