२९ जनवरीः आयोजक भारतले एफआईएच हकी वर्ल्ड कप २०२३-मा नवौं स्थानमा रहेर अभियान समाप्त गऱ्यो। भारतले शनिवार राति खेलिएको क्लासिफिकेशन म्याचमा दक्षिण अफ्रिकालाई ५-२-ले पराजित गरी नवौं स्थान हासिल गऱ्यो। बिरसा मुण्डा इण्टरनेशनल हकी स्टेडियममा खेलिएको म्याचमा भारतको निम्ति अभिषेक (चौथो मिनट), हरमनप्रीत सिंह (११औं मिनट), शमशेर सिंह (४४औं मिनट), आकाशदीप सिंह (४८औं मिनट) र सुखजीत सिंह (५८औं मिनट)-ले गोल गरे। यसरी नै दक्षिण अफ्रिकाबाट सेमकेलो विम्बी (४८औं) र मुस्तफा कासिम (६०औं मिनट)-ले गोल गरे। यस जीतको साथै भारत आफ्नो घरेलु माटोमा भएको टुर्नामेण्टमा अर्जेण्टिनासँग नवौं स्थानमा रह्यो। दक्षिण अफ्रिकाले वेल्ससँग ११औं स्थान साझा गऱ्यो।










