काठमाडौं: रुपन्देही जिल्लाको भैरहवा–परासी सडक खण्डमा यात्रुले भरिएको बस रोहिणी नदीमा खसेको छ। घटनामा ९ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। समाचारअनुसार आइतबार बिहान करिब ४:३० बजे जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बस रोहिणी पुलको रेलिङ भाँचेर खोलामा खसेको हो। खबर पाएलगत्तै घटनास्थलमा पुगेका पुलिसले बसमा बसेका यात्रुलाई निकालेर उपचारका लागि अस्पताल पुर्याए। अस्पतालमा उपचारका क्रममा ९ यात्रुको मृत्यु भएको समाचार छ। अन्य २३ यात्रु घाइते भएका छन्, जसको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा सवार ९ यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको रुपन्देही ट्राफिक पुलिसका स्रोतले जानकारी दिएका छन् भने अन्य घाइतेको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतकहरुको सनाखत गर्ने प्रयास भइरहेको समाचार छ।










