२९ जनवरीः नाम्सा रिम्पोछे फूटबल कमिटीको तत्त्वावधानमा गोरुबथानको मालबस्तीमा आयोजित नाम्सा रिम्पोछे महिला विण्टर फूटबल टुर्नामेण्टमा सिक्किमको सोरेंग गर्ल्सले फाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा सोरेंग गर्ल्सले न्यू माल गर्ल्सलाई २-०-ले पराजित गऱ्यो। आइतवार खेलिने दोस्रो सेमिफाइनलमा दार्जीलिङ पुलिस र पीओबी नगरकट्टाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










