राज्य सरकारको प्रायोजनामा १९ सदस्यीय चालक टोली एक्सपोजर टूरको निम्ति प्रस्थान

IMG_20230128_233300.jpg

रंगेली। राज्य सरकारको प्रायोजनमा छुजाचेन समष्टि अन्तर्गत रंगेली चालक विङका १९ जनाको टोली आज एक्सपोजर टूरमा यहाँबाट प्रस्थान भयो। यस टोलीले जयपुर, आग्रा अनि दिल्लीको भ्रमण गर्नेछ भने ४ फरवरीको दिन फर्किएर आउनेछ। उनीहरूले आफ्नो टूरअघि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। राज्य सरकारद्वारा यसरी प्रायोजन गरेर चालकहरूलाई अन्य राज्यमा वाहन चालकहरूको अवस्था साथै व्यवस्थाबारे बुझ्ने सौभाग्य पाएकोमा चालक प्रकोष्ठका अध्यक्ष केशव चन्द्र शर्मा लगायत सम्पूर्ण टोलीले राज्य सरकारप्रति आभार प्रकट गरेका छन्। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नीतिकै परिणामस्वरूप आफूहरूले यस्तो सुनौलो अवसर पाएको अध्यक्ष शर्माले विचार व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *