येरुशलमको आतङ्की हमला, आठ जनाको मृत्यु

230128065407-01-jerusalem-shooting-0128-super-169.jpg

येरुशलम: इजराइलमा फिलिस्तीनी संगठन र इजराइल सेनाबीच भिडन्त बढ्दै गइरहेको छ।आतङ्की हमलाको जवाफमा इजराइली सेनाले गाजा पट्टीमा बम बर्साएपछि आतङ्कीहरूले पनि यसको जवाफमा हमला गरे। येरुशलमको एउटा पूजा स्थलमा आतङ्कीहरूले अन्धाधुन्ध गोलीबारी गरेको पछि जसमा आठ जनाको घटनास्थलमै मृत्यु भयो। यस हमलामा दर्जनौं मानिसहरू घाइते भएका छन्। जानकारी अनुसार, गाजा पट्टीमा सक्रिय आतङ्की संगठन फिलिस्तीनी इस्लामिक जेहादले इजराइलमा राकेटले हमला गरेको थियो। यसको जवाफमा इजराइलले गाजा पट्टीमा बम बर्साएको थियो, जसमा दश जना मारिए भने दर्जनौं घाइते भएका थिए। यस हमलामा फिलिस्तीनी इस्लामिक जेहाद संगठनका मानिसहरू मारिएका थिए। हमला भएको २४ घण्टाभित्र इजराइलको राजधानी येरुशलमको बाहिरी क्षेत्र नेवे याकोव स्ट्रीटस्थित एउटा पूजाघरमा हमला गरियो। पुलिसले हमलालाई आतङ्कवादी हमला बताउँदै एउटा आतङ्कवादी कारमा पूजाघर पुगे अनि अन्धाधुन्ध गोली चलाएको बताएको छ। अचानक हमला हुँदा निकै होहल्ला मचियो। मानिसहरू चिच्याउन थाले, यता उता भाग्न थाले। पछि, पुलिसले हमलावरलाई घेरेर गोली ठोकी मारेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *