प्लास्टिक मुक्त पहाड बनाउन दौड आयोजित

मिरिक। प्लास्टिक मुक्त पहाडको नारासहित लेट्स गो फाउन्डेसनको आयोजनामा बिश्व पर्यावरण दिवसको अवसरमा मिरिकमा १० किलाेमिटर दौड सम्पन्न भएको छ। दौडमा भाग लिनको निम्ति तीन सय भन्दा बढी धावकहरु पहाडको बिभिन्न क्षेत्रबाट सहभागी बनेका थिए। महिला अनि पुरुष बर्गमा सम्पन्न भएको दौडमा पुरुष बर्गमा बिकास भुजेल, जयन्त दास, कुणाल छेत्री क्रमशः प्रथम दोस्रो अनि तेस्रो बनेका थिए। उता महिला बर्गमा प्रिति राई प्रथम बिंध्या तामाङ दोस्रो अनि समिक्षा राई तेस्रो स्थान ओगट्न सफल बने। यसरी दुवै बर्गका बिजेताहरुलाई दस हजार, सात हजार अनि पाँच हजार गरी नगद प्रदान गरिएको थियो। बिहान सवेरैदेखि शुरु भएको दौडले मिरिक क्षेत्रको परिक्रमा गरी कृष्णनगरको लेक साइडमा आइ समाप्त भएको थियो। दौड बाहेक बृक्षारोपण अनि सफाई अभियान पनि राखिएको थियो। यस अवसरमा बोल्दै लेट्स गो फाउन्डेसनका अध्यक्ष राकेश शर्माले कार्यक्रममा मिरिकको मात्र होइन तर पहाडको बिभिन्न क्षेत्रमा रहेको लेट्स गो फाउन्डेसनका शाखाहरुका प्रतिनिधिहरु पनि उपस्थिति रहेको जानकारी गराए। प्लाष्टिकमुक्त मिरिकको परिकल्पनासहित गठन भएको फाउन्डेसनले लामो यात्रा तय गरिसकेको भन्दै दौडले आफुलाई स्वास्थ्य राख्ने, बृक्षारोपणले पर्यावरणलाई स्वास्थ्य राख्ने अनि सफाई अभियानले सबै प्राणी जगतलाई स्वास्थ्य राख्ने उद्देश्यसहित कार्यक्रमको रुपरेखा तैयार गरिएको शर्माले बताएका छन। कार्यक्रममा स्थानीय धावक प्रशान्त रोपाल अनि रिम्बिक फ्रेसका संस्थापक मिगमा गिर्मी शेर्पा बिशेष रुपमा उपस्थित रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement