कानून भन्दा माथि उठेर काम गरिएकोले पहाडमा गणतन्त्र खतरामा छ -लाडुप घिसिङ

IMG-20230128-WA0190.jpg

दार्जीलिङ: कानूनभन्दा ठूलो हुने काम नगरेको राम्रो यो मन्तव्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले पोखेका छन्। मिरिक नगरपालिकाको कार्य प्रणालीमाथि मिरिक नगरवासीको गुनासोहरू आएपछि आफुहरूले गत २०२२ को अगस्त महिनामा सूचनाको अधिकार अधिनियम अनुरूप हामीले पत्रचार गरेका थियौं अनि हामीले गरेको आरटीआईको प्रति उत्तर पाउँछौ भन्ने उद्देश्य लिएर धेरै दिनहरू कुरेर बस्यौं। मिरिक नगरपालिकाको एकजना कर्मचारीहरूले हामीले गरेको आरटीआईको प्रतिलिपि ४३ दिनसम्म लुकाउने काम गरेको थियो अनि यसको हामीसंग प्रमाण पनि छ। समय आए हामी त्यो प्रमाण र भिडियो सार्वजनिक गर्नेछौं घिसिङले भने। उनले यस विषयमा भने, ‘मिरिक नगरपालिकाको अधिकारीसँग सोध खोज गर्दा उनले नपाएको जानकारी गराए। हामीले मिरिक पोस्ट अफिसबाट रेजिस्टर पोस्ट गरेर आरटीआई पठाएको थियौं।यसबारे पोस्ट अफिसको अधिकारीहरूसँग सोध खोज गर्दा मिरिक नगरपालिकाले हाम्रो आरटीआईको प्रतिलिपि प्राप्त गरेको प्रमाण पायौं। मिरिक नगरपालिकाले हामीसँग बोलेको झूठ त्यहाँ फेला पर्यो। मिरिक नगरपालिकाले हामीले गरेको आरटीआईको कुनै जवाफ नै नदिन्दा हामी उच्च अधिकारी समक्ष गयौं अनि मिरिक नगरपालिकाको बोर्ड प्रशासकसित बैठक बसेर हाम्रो आरटीआईको जवाफ नदिने हामीलाई बताएपछि हामी जिल्लाधिकारी समक्ष गएर कुराकानी गर्दा जिल्लाधिकारीले हाम्रो छेउमा मिरिक महकुमा शासकसँग टेलिफोनिक कुराकानी गरेर लिखित रूपमा यस विषयमाथि कार्यवाही गर्ने निर्देश दिएको थियो तर मिरिक नगरपालिकाको प्रशासकले जवाफ नदिने हामीलाई प्रति उत्तर दिएको छ।’
उनले अघि भने, देशको कानूनभन्दा माथि उठेर जिल्लाधिकारीको निर्देश समेतलाई अटेरी गरेर मिरिक नगरपालिका प्रशासनले काम गरेको छ। मिरिक नगरपालिका बोर्डको कार्यकाल समाप्त भएपछि सरकारले ६ महिना समय वृद्वि गरेको थियो अनि त्यो समय सीमा पनि पार भएर गई सकेको छ। यदि यसै बीचमा सरकारले कुनै अर्को अधिसूचना जारी गरेको छ भने सार्वजनिक गर्ने काम गरोस् तर त्यो पनि गरेको छैन। मिरिक नगरपालिकाको चुनाव भएको छैन। चुनाव हुनपर्छ।’
लाडुप घिसिङले अझ भने, ‘यहाँ आरटीआईको पनि कुनै कदर हुँदैन। समय नाघेर गईसक्दा पनि चुनाव पनि हुँदैन। जिल्ला शासकले जारी गरेको निर्देशलाई पनि अमाण्य गर्दैछ। यसबाट स्पष्ट हुन्छ कि पहाडमा गणतन्त्र खतरामा छ। मिरिक,खरसाङ अनि कालेबुङ चाहिं यतिकै रहने? जीटीए अनित थापाले लगि हाल्यो, खुल्ला जनसभामा अनित थापाले जीटीए दिदीको आर्शिवादले जितेको भनेर भनी सकेको छ। दार्जीलिङ नगरपालिका अर्काे राजनीति पार्टीले बोर्ड गठन गरेको थियो तर त्यहाँ पनि के भयो त्यो सबैको आखाँ अघि स्पष्ट छ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *