मैले गोर्खाल्याण्ड ल्याउँछु भनेर जनतालाई कहिले पनि भ्रममा राखेको छुईन – अनित थापा

सिलगढी: गोजमुमो महासचिव रोशन गिरीले जीटीए सम्झौताबाट आफ्नो हस्ताक्षर वापस लिनु एउटा केटौलेपनको कार्य हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले बताएका छन्। उनले सिलगढीको पिन्टेल भिलेजमा भएको सभापछि पत्रकाकहरूसित कुराकानी गर्दै गोर्खाल्याण्ड सबै गोर्खाहरूका मांग हो र मुद्दामाथि अनित थापाको स्ट्याण्ड के छ होइन केन्द्र सरकारको स्ट्याण्ड के छ प्रश्न त्यो हो भनी बताएका छन्। उनले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिन्दै भने, “गोर्खाल्याण्ड हुन्छ? भनेर मलाई सोधेर हुँदैन, प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्न हो। के भाजपाले गोर्खाल्याण्ड दिनेछ? गोर्खाल्याण्ड मुद्दा लिएर पहाडमा कुनै दिन पनि हिंसा हुनेछैन। मैले गोर्खाल्याण्ड ल्याउँछु भनेर जनतालाई कहिले पनि भ्रममा राखेको छुईन। गोजमुमोले जीटीए सम्झौताबाट आफ्नो सही वापस लिएर जीटीए खतम भएको छैन। रोशन गिरीको त्यो राजनैतिक स्टन्ट मात्र हो।” अनित थापाले अघि भने, ‘अजय एडवर्ड्सलाई पनि विमल गुरुङले धेरै वर्ष दार्जीलिङ पस्नु नदिएको हो। भाजपाका कुनै पनि नेताको बयान गोर्खाल्याण्डको पक्षमा छैन। हल्लामा भरोसा गर्यौ भने पहाड फेरि जल्नेछ। विमल गुरुङले दुईपल्ट प्रमुख कार्यपालको शपथ लिएका हुन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement