जीटीए चिफ् अनित थापाद्वारा रिभ्यु सभा सम्पन्न

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन एंव जीटीए क्षेत्रका सबै नगरपालिका अध्यक्ष – उपाध्यक्ष एंव जीटीए सेक्रेट्रिएटहरूको सयुंक्त रिभ्यु सभा प्रमुख कार्यपाल अनित कुमार थापाको उपस्थितिमा पिन्टल भिलेजमा सम्पन्न गरियो। सभामा वर्तमान जनहितको विकास कार्य एंव कार्यालय सञ्चालन विषय वस्तुहरूको चारैवटा नगरपालिकाका नगराध्यक्षहरूलाई रिपोर्टिंग राख्ने समय दिइएको थियो साथै जीटीए भारप्राप्त सभासदहरूको रिपोर्टिंग राखियो।

सभामा सबैको रिपोर्टिंग जीटीए सेक्रेट्रिएरीहरूद्वारा रिपोर्ट लिइएको छ। सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल अनित थापाले आजको सभाको विषयमा कलकत्ता परिभ्रमणको समय राज्यकी मुख्यमन्त्री एंव मन्त्री स्तरमा राखिने बताएका छन्। सभामा भारप्राप्त सभासदहरू एंव नगराध्यक्ष-उपाध्यक्षहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement