शहीद गोल्ड कपको फाइनलमा मिरिक थर्पुको पाइप ब्याण्डको प्रस्तुति हुने

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा भईरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा मिरिकको थर्बु हाई स्कूलको पाइप ब्याण्डले प्रस्तुति दिने भएको छ। यस विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी दिएका छन्। उनले आज दोस्रो सेमी फाइनल खेल अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै गत केही दिन अघि दिल्लीको वार मेमोरियलमा मिरिकको थर्बु हाई स्कूलको पाइप ब्याण्डले भाग लिएर राम्रो प्रस्तुति दिएका थिए। उक्त पाइप ब्याण्डले नै आगामी ३० जनवरीको दिन हुने शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रदर्शन गर्ने भएको सचिव निर्मल गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement