सोनादा: युनाईटेड सोनादा फुटबल क्लब अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा अण्डर १४ मेन्स एण्ड ओपेन वुमेन्स फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। उक्त फुटबल टुर्नामेन्ट सोनादाको भालुटार खेल मैदानमा आगामी २९ जनवरीदेखि हुने भएको छ। उक्त फुटबल टुर्नामेन्टमा दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक क्षेत्रबाट सहभागिता जनाउने भएको जानकारी प्राप्त भएको छ। उक्त फुटबल टुर्नामेन्ट अन्तर्गत महिलावर्गमा विजेतालाई ५० हजार अनि उप विजेतालाई २५ हजार प्रदान गरिने भएको छ। त्यसरी नै अण्डर १४ मेन्सको विजेतालाई १० हजार अनि उप विजेतालाई ५ हजार प्रदान गरिने भएको छ।

यस फुटबल टुर्नामेन्ट आयोजना गरिनुको मुख्य उद्देश्य नानीहरूलाई ड्रग्स र कुलतदेखि टाड़ा राख्नु अनि खेलप्रति आकर्षित गर्नु रहेको साथै अन्य ठूल्ठूलो क्लबतिर खेल्न मौका प्रदान गर्नु रहेको छ भनी पूर्व फुटबल खेलाड़ी तथा एएसआई लाकपा शेर्पाले बताएका छन्।









