खरसाङ: खरसाङ फुटबल एसोसिएशनको दिशा निर्देशन र छत्रछाँयामा खरसाङ क्षेत्रका महिला फुटबल खेलाड़ीहरू बाहिर गएर खेलिरहेका छन्। यसै क्रममा खरसाङ फुटबल एसोसिशनकै दिशा निर्देशनमा कोलकोताको प्रतिष्ठित फुटबल क्लब मोहमोडम स्पोर्टिङ क्लबमा खेलेर फर्केका खरसाङ क्षेत्रका तीनजना महिला फुटबल खेलाडीहरूलाई आज खरसाङमा स्वागत गरिएको छ। खरसाङ फुटबल एसोसिएशनका पदाधिकारीहरूले तीनैजना महिला फुटबल खेलाड़ीहरूलाई खरसाङको रेलवे स्टेशन परिसरमा स्वागत जनाएका छन्। खरसाङ क्षेत्रका महिला फुटबल खेलाड़ीहरूमा सिविटारकी शबनम राई, सिटोङकी स्वार्णिम छेत्री र बुङकुलुङकी अन्शु राई सामेल थिए। यस अवसरमा महिला फुटबल खेलाड़ीहरूका पक्षमा शबनम राईले खरसाङ फुटबल एसोसिएशनप्रति आभार प्रकट गरेकी छन्। तीनैजनालाई स्वागत जनाएपछि खरसाङ फुटबल एसोसिएशनको सभापति छिरिङ खाइबा र बिशाल शर्माले पत्रकाकहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।









