२८ जनवरीः पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा तीनधारेको चाँद एफसी-ले फाइनलमा स्थान बनायो। पाँचघरे खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा चाँद एफसी-ले युनाइटेड एफसी दार्जीलिङलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आमिर लामा र एन्थोनी छेत्रीले गोल गरे। यसरी नै युनाइटेड एफसी दार्जीलिङबाट गणेश लिम्बुले १ गोल गरे। आइतवार खेलिने दोस्रो सेमिफाइनलमा सिलगढ़ी (Siliguri)-को क्याप्टन न्यौपाने फूटबल एकाडमी र खरसाङ को गोर्खा बोइजबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









