पहाडमा गणतन्त्र खतरामा छ: लाडुप घिसिङ

दार्जीलिङ: कानून भन्दा ठूलो हुने काम नगरेको राम्रो भन्ने कुरा हाम्रो पार्टीका केन्द्रीय कार्यकर्ता लाडुप घिसिङले गरेका छन्। मिरिक नगरपालिकाको कार्य प्रणालीमाथि मिरिक नगरवासीहरूको गुनासोहरू आएपछि आफूहरूले गत वर्ष सन् २०२२ को अगस्त महिनामा सूचनाको अधिकार अधिनियम अनुरूप पत्रचार गरेको उनले बताएका छन्l उनले भने, ‘हामीले गरेको आरटीआईको प्रति उतर पाउँछौ भन्ने उदेश्य लिएर धेरै दिनहरू कुरेर बस्यौ। मिरिक नगरपालिकाको एकजना कर्मचारीले हामीले गरेको आरटीआईको प्रतिलिपि ४३ दिनसम्म लुकाउने काम गरेको थियोl यसको हामीसँग प्रमाण पनि छ, समय आए हामी त्यो प्रमाण र भिडियो सर्वजनिक गर्नेछौंl मिरिक नगरपालिकाका अधिकारीसित सोधखोज गर्दा उनले नपाएको जानकारी गराएl हामीले मिरिक पोस्ट अफिसबाट रेजिस्टर पोस्ट गरेर आरटीआई पठाएको थियौ, यसबारे पोस्ट अफिसका अधिकारीहरूसिट सोधखोज गर्दा मिरिक नगरपालिकाले हाम्रो आरटीआईको प्रतिलिपि प्राप्त गरेको प्रमाण पायौंl’ कुनै जवाब नपाउँदा जिल्ला अधिकारीकहाँ गएर कुराकानी गर्दा मिरिक महकुमा शासकसँग टेलिफोनिक कुराकानी गरेर लिखित रूपमा यस विषयमाथि कार्यवाही गर्ने निर्देश दिएको उनले बताएका छन्l तर मिरिक नगरपालिकाको प्रशासकले जवाफ नदिने प्रति उतर दिएको लाडुप घिसिङको भनाइ छ। उनले भने, ‘मिरिक नगरपालिका बोर्डको कार्यकाल समाप्त भएपछि सरकारले ६ महिना समय बढाएको थियो अनि त्यो समय सीमा पनि पार भएर गइसकेको छl यदि यसैबीच सरकारले कुनै अर्को अधिसूचना जारी गरेको छ भने सर्वजनिक गर्ने काम गरोस्, तर त्यो पनि गरेको छैन,मिरिक नगरपालिकाको चुनाव भएको छैन, चूनाव हुनपर्छl’ आरटीआईको कुनै कदर नभएको लाडुप घिसिङको भनाइ छl पहाडमा गणतन्त्र खतरामा रहेको उनले बताएl मिरिक, खरसाङ अनि कालेबुङ चहि यतिकै रहने?

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement