सिलगढी तराई तारापद आदर्श विद्यालयमा विद्यालयको प्लाटिनम जयन्ती पालन

सिलगढी: सिलगढी तराई तारापद आदर्श विद्यालयको प्लाटिनम जयन्ती उत्सव गत २६ जनवरीदेखि विविध कार्यक्रमको माध्यमद्वारा शुरू भएको छ। चारदिन व्यापी रहेको यस उत्सवमा विविध कार्यक्रमको आयोजनाहरु गरिएको छ। आज विद्यालयको प्राङ्गणबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। सिलगढी नगरनिगमका मेयर गौतम देवले बलुन उडाएर उक्त शोभायात्राको शुरूआत गरे। उक्त शोभायात्रामा सामेल हुनेहरूले मादल-ढोल बजाउँदै, आदिवासी नृत्य गर्दै सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त शोभायात्रामा डेपुटी मेयर रञ्जन सरकार, विद्यालयका प्रधान शिक्षक अशोक कुमार नाथ, कार्यकारी सभापति स्वपन दास, ३० नम्बर वार्डका काउन्सिलर साथी दास लगायत स्कुलका शिक्षक, विद्यार्थीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement