म रेकर्डलाई होइन, रेकर्डले मलाई खेदो गर्छः रोनाल्डो

IMG-20220605-WA0095.jpg

५ जूनः म्यानचेष्टर युनाइटेडका स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोले बताएअनुसार, रेकर्डले उनलाई पिछा गर्छ अनि उनी रेकर्डको पछि दगुर्दैनन्। रोनाल्डोले क्लबको निम्ति निराशाजनक सीजनमा पनि २४ गोल गरे। यसको साथमा उनको नाममा विभिन्न व्यक्तिगत पुरस्कारहरू पनि रह्यो। रोनाल्डोले म्यानचेष्टर युनाइटेडको आधिकारिक वेबसाइटमा भने, म सदा आफ्ना प्रशंकहरू प्रति आभारी रहनेछु। उनीहरू अदभूत छन्। हामीले म्याच हार्दा पनि उनीहरूले समर्थन गर्छन्। उनीहरू सदा हाम्रो साथमा रहन्छन्। म्यानचेष्टर युनाइटेडमा सामेल भएपछि रोनाल्डोले एकाधिक व्यक्तिगत रेकर्ड बनाए। उनले पोर्तुगलको निम्ति ११५ गोल गरिसकेका छन्। उनले दिसम्बरमै आफ्नो ८०० गोल पूरा गरेका थिए। उनले प्रतिस्पर्धी म्याचहरूमा फीफाको सर्वकालिक रेकर्ड गोल गर्ने खेलाड़ीको रूपमा जोसेफ बीकनको रेकर्डलाई पछि छोड़िसकेका छन्। आफ्ना उपलब्धिहरू बारे ३७ वर्षीय रोनाल्डोले भने, रेकर्ड स्वाभाविक रूपले आइरहेको छ। म रेकर्डबारे धेर सोच्दिनँ तर रेकर्डले मलाई खेदो गर्छ। यसैकारण यो राम्रो नै हो। यो पनि मेरो निम्ति कठोर मेहनत गर्ने प्रेरणा नै हो। टीमको निम्ति गोल गर्नु सदा खास अनुभव हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *