साउदी अरेबियामा क्रिस्टियानो रोनाल्डोलाई फ्यानले ‘मेस्सी–मेस्सी’ भन्दै जिस्काए

विश्वका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको पछिल्लो केही महिनादेखि केही पनि राम्रो भइरहेको छैन। फिफा विश्वकप पोर्चुगलका खेलाडी रोनाल्डोका लागि दुःस्वप्नभन्दा कम थिएन। त्यसपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी अरेबियाको क्लब अल-नासरमा आवद्ध भए। योसँगै रोनाल्डोले साउदी सुपर कपमा अल नासेर क्लबका लागि डेब्यु खेल खेले जुन निकै निराशाजनक थियो।

यो खेल अल-इतिहाद टोलीसँग थियो, जसमा रोनाल्डोको टोली १-३ ले पराजित भएको थियो। पाँच पटकको बालोन डी’ओर अवार्ड विजेता रोनाल्डोले डेब्यु खेलमा कुनै गोल गर्न सकेनन्। यसपछि फ्यानहरूले रोनाल्डोलाई मैदानमा नै तान्न थाले। सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसमा रोनाल्डो र टिमका अन्य खेलाडी म्याच हारेपछि मैदानबाट बाहिर ड्रेसिङ रुमतर्फ निस्किरहेको देखिन्छ। यसैबीच अल-इतिहाद टोलीका फ्यानहरूले मेस्सी-मेस्सीको नारा लगाउन थाले। यस क्रममा रोनाल्डो अलि लङ्गडा भएर हिँडिरहेका छन्। उनको खुट्टामा हल्का चोट लागेको हुनसक्छ। यस क्रममा रोनाल्डोले फ्यानको कुरामा ध्यान दिएनन्।

आफ्नो कप्तानीमा लियोनल मेस्सीले गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको च्याम्पियन बनाएका थिए। यो विश्वकप कतारमा भएको थियो। मेस्सी फ्रान्सेली क्लब पीएसजीबाट खेल्छन्। सोही महिना अर्थात १९ जनवरीमा पीएसजी र रियाद ११ बीच मैत्रीपूर्ण खेल भएको थियो। यसमा मेस्सी र रोनाल्डो मुखामुखी भएका थिए। यो खेल पनि मेस्सीको टोलीले ५–४ ले जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement