लद्दाखमा सोनाम वाङ्चुकले चलाएको अभियानलाई मन घिसिङले जनाए समर्थन   

सिलगढी: सर्वाधिक लोकप्रिय चलचित्र ‘थ्री इडियट्स’का फुन्त्सोक वाङ्डु यथार्थ जीवनका सोनाम वाङ्चुकले आफू ‘गृह बन्दी’ भएको समाचार सोसियल मिडियामा जारी गरेका छन्l उनले वर्तमान समयको केन्द्र शासित राज्य लेह लद्दाखमा आफ्नो भूमि, जाति, माटो, संस्कृति, परम्परा र पर्यारण संरक्षणको निम्ति लेह लद्दाखवासीले आफ्नो आवाजलाई बुलन्द परेका छन्। उनी हुन् भारतका प्रसिद्ध शिक्षा सुधारवादी स्टुडेन्टस् एजुकेशनल एण्ड कल्चरल मुभमेन्ट अफ् लद्दाख (एसईसीएमओएल)का संस्थापकl उनकै प्रेरणादायक जीवनबाट प्रेरित हुँदा ‘थ्री इडियट्स’ चलचित्र बनिएको होl   

सोनाम वाङ्चुकले उठाएको आवाजलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का अध्यक्ष मन घिसिङले समर्थन जनाएका छन्l लद्दाखवासीको भूमि, जाति, माटो, संस्कृति, परम्परा अनि पर्यावरण संरक्षणको लागि लद्दाखवासीले एउटै मञ्चमा उभिएर आवाज उठाइरहेको उनले एक विज्ञप्तिमा बताएका छन्। ‘सबै तहका व्यक्ति विशेषदेखि बुद्धिजीवीहरू संघसंस्था विद्यार्थीहरूले आफ्नो अहम भूमिका निर्वाह गरिरहेका छन्। यसैक्रममा भारतका प्रसिद्ध शिक्षा सुधारवादी सोनाम वाङचुकले आफ्नो जाति, संस्कृति, पर्यवरण अनि भूमिको सुरक्षा हेतु माग गर्दै लद्दाखको खार्दुङ्ला प्रान्तमा शान्ति पुर्ण ढंगले लडिरहेका छन्। आफ्नो  जाति हितको निम्ति शान्तिपूर्वक आन्दोलन लडिरहेका सोनाम वाङचुकलाई मेरो ह्रदयदेखि समर्थन गर्दछु’, मन घिसिङले यसो भनेका छन्। विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘सम्पूर्ण लद्दाखवासीलाई आफ्नो हक र हितको निम्ति शान्तिपुर्वक आवाज उठाएकोमा मेरो पूर्ण समर्थन जनाउँदै चाँडै लद्दाखवासीले न्याय पाउन सकोस् भनी कामना गर्दछुl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement